‘हिरोपन्ती २’ को दोस्रो चरणको सुुटिङ रुसमा हुने
एजेन्सी। बलिउड स्टार टाइगर श्राफको फिल्म ‘हिरोपन्ती’ को सिक्वेल ‘हिरोपन्ती २’ को दोस्रो चरणको सुुटिङ रुसको राजधानी मस्को र सेन्ट पीटर्सबर्गमा गरिने भएको छ। सुटिङको लागि टिम अर्को महिना त्यसतर्फ प्रस्थान गर्नेछ। एक्सन अवतारमा देखिने फिल्ममा टाइगरसँगै तारा सुतारिया र नवाजुद्धिन सिद्दीकीको अभिनय देख्न सकिनेछ। फिल्मलाई अहमद खानले निर्देशन गर्नेछन् भने फिल्म निर्मातामा साजिद नाडियाडवाला रहेका छन्।
प्रतिक्रिया दिनुहोस्
