‘सिता–द इनकार्नेशन’मा अभिनयका लागि करिनाले मागिन् १२ करोड
एजेन्सी। बलिउड अभिनेत्री करिना कपुरले पौराणिक पात्र माता सितामा आधारित चलचित्र ‘सिता–द इनकार्नेशन’मा अभिनयका लागि निर्माता टिमसँग १२ करोड भारु मागेकी छन्। एक रिर्पोटकाअनुसार यसअघि करिनाले अक्सर एक फिल्मको ६ देखि ८ करोड भारु लिने गरेपनि सिताका लागि भने करिनाले आफ्नो पारिश्रमिक बढाएकी हुन्। बाहुबलीका लेखक केवी विजयेन्द्रले लेखेको फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा रिलिज हुनेछ।
प्रतिक्रिया दिनुहोस्
