अर्जुन कपुरकी बहिनी अंशुला अस्पताल भर्ना, जान्वी र बोनी पनि पुगे अस्पताल एजेन्सी। बलिउड अभिनेता अर्जुन कपुरकी बहिनी अंशुला कपुरको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। ब्लड प्रेशर र सुुगरसम्बन्धि समस्या देखिएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएकोे हो। एक रिर्पोटका अनुसार अंशुलाको स्वास्थ्यावस्था बुझ्न बहिनी जान्वी र बुवा बोनी कपुर अस्पताल पुगेका छन्। अंशुलाको हाल स्वास्थ्य जाँच चलिरहेको र चाँडै नै अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्