संक्रमितलाई सहयोग गर्न ब्रेक लिएका राघव ‘डान्स दिवाने’ मा फर्किए
एजेन्सी। भारतको डान्स रियालिटी शो ‘डान्स दिवाने’का होस्ट राघव जुयाल एक बे्रकपछि फेरि शोमा फर्किएका छन्। राघवले यसअघि आफ्नो गाउँका कोरोना संक्रमितहरुलाई अक्सिजन तथा औषधिको व्यवस्था गर्न शोबाट बे्रक लिएका थिए। शोमा फर्किएका राघवलाई भव्य स्वागत गरिएको थियो। राघव राहत कार्यमा लागेको भिडियो हेर्दै शोकी जज माधुरी दीक्षितले महामारीका समयमा पनि गाउँ गई संक्रमितहरुको सहयोगमा जुटेकोमा धन्यवाद दिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्
