बलिउड फिल्म 'भूत पूलिस' सिनेमाघरमा नभई डिजिटल प्लेटफर्ममा रिलिज हुने
एजेन्सी। बलिउड अभिनेता सेफअलि खान अभिनित 'भूत पूलिस' फिल्म सिनेमाघरमा नभई डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ। फिल्मलाई पहिले सिनेमाघरमा रिलिज गराउने भनिएतापनि कोरोना महामारीका कारण ओटीटी प्लेटफर्ममा रिलिज गरिने भएको हो। फिल्मका निर्माता रमेश तौरानीले एक अन्तर्वार्तामा नोभेम्बरभन्दा अघि भारतका सिनेमाघरहरु नखुल्ने भएकाले फिल्मलाई सेप्टेम्बर वा अक्टोबरमा ओटीटी प्लेटफर्ममा रिलिज गरिने बताए।
प्रतिक्रिया दिनुहोस्
