आवश्यक मानिसहरुलाई निःशुल्क औषधि पुर्याउँदै सुनिल
एजेन्सी। बलिउड अभिनेता सुनिल शेट्टीले जुन ५ अर्थात् शनिबार आफ्नो नयाँ पहल ‘दवा भी दुवा भी’को घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन्। यस अभियानमार्फत सुनिल आवश्यक मानिसहरुलाई निःशुल्क सही औषधी पुर्याउने छन्। सुनिलले भारतको बीडीआर फार्मास्युटिकल्सुसँग मिले यो अभियान सुरु गरेका हुन्। सुनिल यसअघि निःशुल्क अक्सिजन कन्सन्ट्रेटर्स उपलब्ध गराउने अभियानसँग जोडिएका थिए।
प्रतिक्रिया दिनुहोस्
