बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना
एजेन्सी। बलिउडका दिग्दज कलाकार दिलीप कुमारको स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ। दिलीप कुमारलाई स्वास लिन कठिनाइ भएपछि अस्पताल भर्ना गरिएको हो। सार्वजनिक खबरअनुसार उनलाई केही दिनदेखि स्वास लिन कठिन भइरहेको थियो। हाल उनको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर भएको छ। दिलीप कुमारको स्वास्थ्यमा डिसेम्बर २०२० मा समेत समस्या देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्
