मार्वलको सिरीज 'मिस मार्वल'मा पाकिस्तानी अभिनेता फवाद खान देखिने
एजेन्सी। पाकिस्तानी अभिनेता फवाद खान मार्वलको सिरीजमा देखिने भएका छन्। फवाद मार्वलको 'मिस मार्वल' नामको टेलिभिजन सिरीजमा देखिने भएका हुन्। मार्वलले पहिलो पटक मुस्लिम अमेरिकन सुपरहिरोलाई देखाउन लागेको यस सिरीजमा फवाद 'हसन' नामको भूमिकामा देखिनेछन्। डिज्नी प्लसमा आउने यस सिरीजलाई अदिल एल अर्बी, बिलअल फलाह, सरमेन ओविएड चिनोई र मीरा मेननले निर्देशन गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्
