तापसी पन्नुको 'हसीना दिलरुबा' जुलाई २ मा नेटफ्लिक्समा रिलिज हुने
एजेन्सी। अभिनेत्री तापसी पन्नु र विक्रान्त मस्से अभिनित फिल्म 'हसीना दिलरुबा' नेटफ्लिक्समा जुलाई २ मा रिलिज हुने भएको छ। फिल्म रिलिज हुने जानकारी अभिनेत्री पन्नुले फिल्मको नयाँ टिजरसँगै बताएकी हुन्। विनिल म्याथुको निर्देशनमा बनेको फिल्ममा तापसी पन्नुसँगै विक्रान्त मस्से लिड रोलमा रहेका छन्। गतवर्षको अक्टोबरमा नै फिल्मको शुटिङ सकिए पनि कोरोना महामारीका कारण रिलिज भएको थिएन्।
प्रतिक्रिया दिनुहोस्
