व्यवसायी विजय माल्याको सम्पत्ति जफत गर्न अदालतको आदेश एजेन्सी। फरार भारतीय व्यवसायी विजय माल्याको सम्पत्ति जफत गर्ने बाटो अदालतले खोलिदिएको छ।‘प्रिभेन्सन अफ मनी लन्ड्रिङ एक्ट’ अन्तर्गत अदालतले माल्याको ५,६०० करोडको सम्पत्ति बैंकलाई सुम्पिन आदेश दिएको हो। माल्यालाई उनको कम्पनी किङ फिसरका लागि एसबीआईको नेतृत्वमा १७ बैंकहरुको कन्सोर्टियमले ९००० करोड ऋण दिएको थियो। बैंकहरुले आफ्नो लगानी फिर्ता लिन माल्याको सम्पत्ति बेच्न वा लिलामी गर्न सक्ने छन्।
प्रतिक्रिया दिनुहोस्