पर्लमाथि अनुसन्धानका लागि १४ दिन हिरासतमा राख्न अनुमति एजेन्सी। बलात्कारको आरोपमा पक्राउ परेका टेलिचलचित्र ‘नागिन ३’ का अभिनेता पर्ल पुरीलाई थप अनुसन्धानका लागि १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। यसअघि पर्लका एक आफन्तले पर्लले जमानत पाएको बताएपनि अदालतले थप १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको हो। शुक्रबार मुम्बई पुलिसमा पर्लविरुद्ध बलात्कारको उजुरी परेपछि पुलिसले उनलाई गिरफ्तार गरेको थियो।
प्रतिक्रिया दिनुहोस्