अभिनेता अल्लु अर्जुनले सुरुगरे 'गो ग्रिन विथ एए' अभियान एजेन्सी। दक्षिण भारतीय फिल्म क्षेत्रका सुपरस्टार अल्लु अर्जुनले विश्व वातावरण दिवसको अवसरमा वातावरण सम्बन्धि एक अभियान सुरु गरेका छन्। अर्जुनले बृक्षरोपणको आवश्यकता बुझाउदै 'गो ग्रिन विथ एए' नामको एक डिजिटल अभियान सुरु गरेका हुन्। अभियानमा जोडिन अर्जुनले आफ्ना समर्थकहरुलाई विरुवा रोपेको फोटो ह्यासट्याग 'गो ग्रिन विथ एए'मा पोष्ट गर्न आग्रह गर्दै यसमा आएका फोटोहरु शेयर गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्