सलमानले २५ हजार सिने कर्मचारीलाई सहयोग गर्ने एजेन्सी। बलिउड स्टार सलमान खानले घोषणा गरेअनुसारको कोरोना महामारीबाट आर्थिक संकटमा परेका सिने क्षेत्रका २५ हजार कर्मचारीहरुलाई आर्थिक सहयोग पठाउन सुरु गरेका छन्। यसअघि सलमानले सिने क्षेत्रका कर्मचारीहरुलाई आर्थिक सहयोग गर्ने बताएपनि सहयोग रकम खुलाएका थिएनन्। सलमानले प्रत्येक कर्मचारीलाई १,५०० भारु आर्थिक सहयोग गर्ने सार्वजनिक भएको हो।
प्रतिक्रिया दिनुहोस्