भारतका साढे सात हजार सिने कर्मचारीहरुलाई आर्थिक सहयोग गर्ने नेटफ्लिक्सको घोषणा
एजेन्सी। ओटीटी प्लेटफर्म नेटफ्लिक्सले भारतीय सिने क्षेत्रका ७ हजार पाँचसय कर्मचारीहरुलाई पाँच/पाँच हजार सहयोग गर्ने घोषणा गरेको छ। कोरोना महामारीका कारण सिने क्षेत्रका कर्मचारीहरुलाई परेको आर्थिक संकटलाई मध्यनजर गर्दै नेटफ्लिक्सले साढे सात हजार कर्मचारीलाई सहयोग गर्ने भएको हो। नेटफ्लिक्सले 'फेडरेशन अफ वेस्टर्न इन्डियन सिने इम्प्लोइ'ले पठाएको सूचीका कर्मचारीहरुलाई आर्थिक सहयोग गर्ने भएको हो।
प्रतिक्रिया दिनुहोस्
