विवाहपछि पहिलो फिल्ममा साइन गरिन् काजल अग्रवालले
एजेन्सी। बलिउड तथा दक्षिण भारतीय फिल्म क्षेत्रकी चर्चित अभिनेत्री काजल अग्रवालले विवाहपछि पहिलो फिल्म साइन गरेकी छिन्। विवाहपछि पहिलोपटक काजल ‘उमा’ फिल्मको लिड रोलमा देखिनेछिन्। फिल्मलाई तथागत सिंहले निर्देशन गर्नेछन् भने फिल्मका निर्माता मन्त्रराज पालीवाल रहेका छन्। काजलले गत अक्टोबरमा व्यावसायी गौतम किचलूसँग विवाह गरेकी थिइन्। काजलका आउँदो फिल्महरुमा‘हे सिनामिका’, ‘आचार्य’,‘इन्डियन २’ र ‘पेरिस पेरिस’ गरी चार फिल्म रहेका छन्।
प्रतिक्रिया दिनुहोस्
