बलिउडका स्टन्टकर्मीहरूको सहयोगमा अघि आए सलमान एजेन्सी। कोरोना महामारीका कारण आर्थिक रूपमा प्रभावित बलिउडका स्टन्ट आर्टिस्टको सहयोगका लागि सलमान खान अगाडि आएका छन्। रकम नखुलाइए पनि उनले सबै स्टन्ट आर्टिस्टहरूको बैंक अकाउन्टमा पैसा ट्रान्सफर गर्ने एक एक्सन निर्देशकले पुष्टि गरेका हुन्। यसअघि ३५० स्टन्ट आर्टिस्टहरूलाई टाइगर श्राफले प्रत्येकको अकाउन्टमा ५ हजार भारु जम्मा गरिदिएका थिए भने अजय देवगनले २५० सदस्यहरूलाई राशन उपलब्ध गराएका थिए।
प्रतिक्रिया दिनुहोस्