‘आई एम अक्सिजन म्यान’ अभियानमा अभिनेता विवेकले गरे २५ लाख सहयोग
एजेन्सी। बलिउड अभिनेता विवेक ओबरायले भारतमा डाक्टर विवेक विन्द्रासँग मिलेर चलाइएको नवीनतम पहल ‘आई एम अक्सिजन म्यान’मा २५ लाख भारु सहयोग गरेका छन्। अभिनेता ओबरायले २५ लाख सहयोग गरेको डा. विवेक बिन्द्राले संस्थाकै एक कार्यक्रममा खुलाएका हुन्। अभियानले हाल भारतको दिल्लीमा २०० बेडको एक निःशुल्क अस्पताल सञ्चालन गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्
