अभिनेत्री यामी गौतमले गरिन् ‘उरी’का निर्देशक आदित्यसँग विवाह
एजेन्सी। बलिउड अभिनेत्री यामी गौतमले आफ्नो फिल्म ‘उरी : द सर्जिकल स्ट्राइक’का निर्देशक तथा लेखक आदित्य धरसँग आज एक निजी समारोहबीच विवाह गरेकी छिन्। विवाहको फोटो इन्स्टाग्राममा राख्दै अभिनेत्री गौतमले आफ्ना नजिकका परिवारजनको सीमित उपस्थितिमा विवाह भएको जनाएकी हुन्। उनलाई बलिउडकर्मीलगायत प्रशंसकहरूको शुभकामना आउने क्रम जारी छ। निर्देशक आदित्य धरले उक्त फिल्मका लागि राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
