कोभिड–१९ बाट प्रभावित सिने क्षेत्रका सदस्यहरुलाई ऋतिकको २० लाख सहयोग एजेन्सी। बलिउड स्टार ऋतिक रोशनले कोरोनाको चपेडामा परेका भारतका सिने एन्ड टिभी आर्टिस्ट्स एसोसिएशन (सीआईएनटिएए)का सदस्यहरुको सहयोगका लागि अघि आएका छन्। ऋतिकले सीआईएनटिएएलाई २०लाख भारु र गरिबी रेखामुनि रहेको मानिसहरुको लागि राशन किट पनि प्रदान गरेका छन्। ऋतिकको यस सहयोगले सीआईएनटिएएका पाँचहजार सदस्यलाई राहत पुग्नेछ। ऋतिकले यसअघि कोरोनाको पहिलो लहरमा पनि सीआईएनटिएएलाई २५ लाख भारु सहयोग प्रदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस्