भारतमा कोभिड–१९ प्रभावितलाई सहयोग गर्न ३५ कलाकार एकै मञ्चमा उभिँदै एजेन्सी। भारतमा कोभिड–१९ बाट प्रभावित भएकाहरुलाई सहयोग गर्न जुन ५ मा एक लाइभ कन्सर्ट गरिने भएको छ। सहयोग जुटाउनका लागि कलाकारहरु ‘एक साथः इन्डिया विल राइज अगेन’ नामक एक संगित कार्यक्रममा प्रर्दशन गर्नेछन्। भारतका विभिन्न सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुको सहकार्यमा हुन लागेको यस कन्सर्टमा सोनू निगम, कैलाश खेर, शान, अनूप जलोटासहित भारतका ३५ जना कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन्।
प्रतिक्रिया दिनुहोस्