कार्तिकको पक्षमा उत्रिए निर्माता अनुभव सिन्हा
एजेन्सी। बलिउड फिल्म निर्माता अनुभव सिन्हा कार्तिक आर्यनको पक्षमा उत्रिएका छन्। सिन्हाको एक ट्वीटमा करण जोहरको फिल्म ‘दोस्ताना २’, शाहरुख खानको ‘फ्रेडी’ र निर्माता आनन्द एल रोयको एक फिल्मबाट कार्तिकलाई निकालिएको बारेमा बोलेका छन्। ट्वीटमा सिन्हाले अभिनेता कार्तिकलाई विभिन्न फिल्महरुबाट बाहिर निकालिएको भन्ने हल्लाहरू एक ठूलो अभियान जस्तै देखिएको बताएका छन्। सिन्हाले आफू कार्तिकको मौनताको सम्मान गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्
