सुशान्तको नाममा चन्दा उठाउने अनुमति छैनः मीतु सिंह
एजेन्सी।बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी बहिनी मीतु सिंहले मृतक अभिनेताको नाममा चन्दा नउठाउन
चेतावनी दिएकी छिन्।मीतुले सुशान्तको परिवार सुशान्तसँग सम्बन्धित कुनैपनि चिज किताब,फिल्म वा कुनै अरु सामानको बदलामा पैसा जुटाउने अनुमति नदिने प्रष्ट पारिन्।मीतुले एक लामो ट्विट गर्दै आफूहरुलाई केही मानिसहरुले सुशान्तको नाममा पैसा उठाइरहेको भन्ने थाहा भएको बताउँदै यो स्थितिमा उनको नाममा पैसा उठाउनु अमानवीय र घृणित भएको बताइन्।
प्रतिक्रिया दिनुहोस्
