चर्चा कमाउँदै दिशाको माल्दिभ्सको ‘थ्रोब्याक’ फोटो एजेन्सी। सधैं आफ्नो स्टाइल र लुकका कारण इन्टरनेटमा छाइरहने बलिउड अभिनेत्री दिशा पटनीले सामाजिक सञ्जालमा एक ‘थ्रोब्याक’ फोटो शेयर गरेकी छिन्। आफ्नो इन्स्टाग्राममा ह्यान्डलमा शेयर गरेकी फोटोमा दिशा सुर्यास्तको बेला माल्दिभ्सको समुन्द्रमा डुबुल्की लगाउँदै गरेको देख्न सकिन्छ। फोटोसँगै दिशाले क्याप्सनमा ‘थ्रोब्याक’ लेखेकी छिन्। ‘थ्रोब्याक’ फोटो भएपनि दिशाको यो फोटोले हाल सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ।
प्रतिक्रिया दिनुहोस्