अमित कुमार विवाद टुङ्ग्याउन गायक सोनू निगमको अपिल
एजेन्सी। आफू पैसाका लागि इन्डियन आइडलको एपिसोडमा गएको बताएपछि विवादमा आएका अमित कुमारको पक्षमा आइडलको जज रहिसकेका गायक सोनू आएका छन्। उनले एक भिडियो शेयर गर्दै शोका निर्माताहरुलाई विवाद सुल्झाउन अपिल गरेका हुन्। सोनूले अमित एकदमै सोझो र केही नबोल्ने भएकाले शो निर्माताहरुले उनको गलत रुपमा फाइदा लिईरहेको बताउँदै विवाद सुल्झाउन आग्रह गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्
