प्राविधिकहरुलाई सहयोग गर्न स्वस्तिमाको अभियान
काठमाडाैं। कोरोना महामारीको समयमा नायिका स्वस्तिमा खड्काले फिल्म प्राविधिकाहरुलाई सहयोग गर्न अभियान थालेकी छन्। बुधबार सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले असामान्य अवस्थामा नरहेको र सरकारले पनि चलचित्र क्षेत्रलाई ध्यान दिन नसकेको भन्दै अहिले कामविहीन प्राविधिकहरुलाई सहयोग गर्न भन्दै एक भिडियो सार्वजनिक गरेकी छन्। उनको भिडियोमा धेरैले प्राविधिकहरुलाई सहयोग गर्ने कुरामा सहमति जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्
