विवाहको ४८औं वर्षगाँठमा अमिताभले शेयर गरे खास तस्बिर एजेन्सी। बलिउड महानायक अमिताभ बच्चन र जया बच्चन आज विवाहको ४८औं वर्षगाँठ मनाउँदै छन्। यस अवसरमा बलिउड महानायक बच्चनले हरेक वर्षझै यसवर्ष पनि केहि सुन्दर तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका हुन्। ‘३ जुन, १९७३ हाम्रो विवाह भएको वर्षगाँठमा तपाईहरुको प्रार्थना तथा शुभकामनाका लागि धन्यवाद’, अमिताभले क्याप्सनमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्