चलचित्र क्षेत्रमा यौन उत्पीडनको सिकार हुनुपरेको अभिनेत्री प्रकृतिको खुलासा काठमाडौँ। नेपाली अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठले चलचित्र क्षेत्रमा आफूले यौन उत्पीडनको सामना गर्नु परेको कुरा खुलाएकी छिन्। मंगलबार उनको इन्स्टाग्राममा एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौन उत्पीडनको सामना गर्नुभएको छ?’ भन्ने प्रश्न गरेकोमा उनले जवाफ दिँदै कामको सुरुवाती समयमा यौन उत्पीडनको सामान गर्नुपरेको बताएकी हुन्। उनीहरूले अर्कोपटक दुईपटक सोचून् भनेर आफूले यस विषयमा बोल्न नडराएको श्रेष्ठले जनाएकी छिन्।
प्रतिक्रिया दिनुहोस्