‘केजीएफ’ स्टार यशले फिल्म उद्योगका तीन हजारभन्दा बढीलाई सहयोग गर्ने
एजेन्सी। ‘केजीएफ’ स्टार यशले कन्नड फिल्म उद्योगका तीन हजार फिल्मकर्मीलाई सहयोग गर्ने घोषणा गरेका छन्। कोरोना महामारीले फिल्म छायांकन रोकिँदा उनीहरू बेरोजगार बस्नु परेको जनाउँदै उनले सहयोग गरेका हुन्। उनले प्रत्येकको खातामा ५ हजार भारतीय रूपैयाँ पठाउने बताएका छन्। उनको फिल्म ‘केजीएफ-२’ छिट्टै रिलिज हुँदै छ। रोजगार नहुँदा आर्थिक संकटबाट गुज्रिरहेका फिल्मकर्मीलाई उनको सहयोगले मलमको काम गर्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्
