सैफअली खानको ‘भूत पुलिस’ ओटीटी प्लेटफर्ममा रिलिज हुने, स्याटेलाईट र डिजिटल राइट्सबाट ६५ करोड कमायो एजेन्सी। सैफअली खान, अर्जुन कपूर, रकुल प्रीत सिंह, यामी गौतम र ज्याक्लीन फर्नाडिज अभिनित हरर कमेडी फिल्म ‘भूत पुलिस’ सिनेमा घरमा रिलिज नगरी सिधै ओटीटी प्लेटफर्म डिज्नी प्ल्स हटस्टारमा रिलिज गर्ने भएको छ। फिल्मका निर्माता रमेश तोरानीले यो जानकारी दिएका हुन्। फिल्मको स्याटेलाइट र डिजिटल अधिकार स्टार नेटवर्कलाई ६५ करोड रुपैयाँमा बेचिएको फिल्म मात्र ४० करोडमा बनेको थियो।
प्रतिक्रिया दिनुहोस्