अभिनेता करण मेहरा जमानतमा रिहा एजेन्सी। श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका भारतीय अभिनेता करण मेहरा पक्राउ परेको केही घण्टापछि जमानतमा रिहा भएका छन्। पत्नी निशा रावलमाथि कुटपिटको आरोपमा उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो। केही दिनदेखि उनीहरुबीच बेमेल रहेका समाचार आइरहेका थिए। गोरेगाउँ प्रहरीले हिरासतमा राखेको उनलाई घटनाबारे सोधपुछ गरेपछि जमानतमा रिहा गरेको हो।
प्रतिक्रिया दिनुहोस्