अभिनेता ज्याकी भगनानीसहित ९ जनाविरुद्ध बलात्कार आरोप
एजेन्सी। मुम्बईकी एक २८ वर्षिय मोडेलले बलिउड अभिनेता ज्याकी भगनानीसहित ९ जनाविरुद्ध बलात्कार तथा यौन शोषणको आरोपमा मुम्बई प्रहरीमा उजुरी हालेकी छिन्। उक्त मोडेलले दिएको उजुरीमा चर्चित फिल्म 'थलाइवी' का निर्माता विष्णु वर्धन इन्दुरी, क्वान इन्टरटेनमेन्टका संस्थापक अनिर्बान दास ब्लाहजस्ता ठुला नामहरु रहेका छन्। उजुरीमा मोडेलले आफूलाई २०१४ देखि २०१९ सम्म फरक–फरक मौकामा पीडित बनाइएको आरोप लगाएकी छिन्।
प्रतिक्रिया दिनुहोस्
