‘राधे’लाई कम रेटिङ दिएर चर्चामा आएका कमाल राशिद खानको घरमा चोरी एजेन्सी। बलिउड अभिनेता सलमानको खानको नयाँ फिल्म ‘राधे’लाई कम रेटिङ दिएको भन्ने विषयबाट चर्चामा आएका कमाल राशिद खान(केआरके)को घरमा चोरी भएको छ। केआरकेले एक सीसीटिभी फुटेजको फोटो ट्वीटरमा शेयर गर्दै गएराती आफ्नो घरमा चोरी भएको सार्वजनिक गरेका हुन्।ट्वीटमा केआरकेले आफूलाई डराउन गुन्डाले यस्तो गरेको भएतापनि कुनैपनि हालतमा नडराउने बताए। रोचक कुरा केआरके अभिनेता सलमान खानलाई गुन्डाको नामले बोलाउने गर्दछन्।
प्रतिक्रिया दिनुहोस्