आफूले पालेको जनावरसँग दिशाको मायालु तस्बिरहरू भाइरल एजेन्सी। बलिउड अभिनेत्री दिशा पटनी सामाजिक सञ्जालमा सक्रिय रहने गर्छिन्। सामाजिक सञ्जालमा निकै बोल्ड फोटोहरू शेयर गर्न रुचाउने दिशाले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही फोटोहरू शेयर गरेकी छिन्। यी फोटोहरूमा दिशा आफूले पालेको बिरालोसँग मायालु रूपमा देखिएकी छिन्। दिशाको बिरालोसँगको मायालु फोटोहरू सामाजिक सञ्जालमा भाइरल भएको छ।
प्रतिक्रिया दिनुहोस्