अजय देवगनले किने ६० करोडको आलिशान घर
एजेन्सी। बलिउड स्टार अजय देवगनले मुम्बईमा एक आलिशान घर किनेका छन्। मुम्बईको जुहुमा रहेका यस घरका लागि ६० करोड भारु खर्चिएको एक रिपोर्टले खुलाएको छ। नयाँ घर किनेका अजयको छिमेकीका रूपमा अक्षय कुमार, ऋतिक रोशन, धर्मेन्द्र र अमिताभ बच्चनजस्ता बलिउडका चर्चित अनुहारहरू रहेका छन्। बलिउडका अर्का दिग्गज अभिनेता अमिताभले पनि हालैमा ३१ करोड भारुमा नयाँ घर किनेका थिए।
प्रतिक्रिया दिनुहोस्
