फाइभजीविरुद्ध जुहिले हालेको मुद्धाको सुनुुवाई जुन २ का लागि सर्‍यो एजेन्सी। बलिउड अभिनेत्री जुहि चावलाले फाइभजी प्रविधिविरुद्ध हालेको मुद्धामा आज हुने भनिएको सुनुवाई पुनः जुन २ का लागि सरेको छ। अभिनेत्री चावलाले फाइभजी टावरबाट निक्लने रेडियशनले पर्यावरणलाई असर गर्ने भन्दै मुद्धा दर्ता गराएकी हुन्। उनले मुद्धामा भारत सरकारको दूरसञ्चार मन्त्रालयलाई आममानिस, जीवजन्तु तथा वनस्पतिहरुमा फाइभजीले पुर्‍याउने असरको अध्ययन गर्न र यसलाई भारतमा लागू गर्न नदिन आग्रह गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस्