जबरजस्ती तारिफ गर्न लगाएपछि इन्डियन आइडलको ‘जज’ पद त्यागेँ : सुनिधि एजेन्सी। भारतको गायन रियालिटी शो इन्डियन आईडल सिजन-१२ लाई लिएर विवाद बढ्दै गएको छ। चर्चित गायकहरु अमित कुमार, अभिजीत सावन्त, सोनु निगमपछि हाल गायिका सुनिधि चौहानले पनि शोको पोल खोलेकी छन्। सुनिधिले एक अन्तर्वार्तामा शोका निर्माताहरुले आफ्नो धारणालाई हटाएर जबर्जस्ती निर्माताहरुका अनुसार सहभागीहरुको तारिफ गर्न लगाएपनि आफूले ‘जज’ पद छाडेको खुलाएकी हुन्।
प्रतिक्रिया दिनुहोस्