जलपरी फोटोसँगै कियराको प्रेरणात्मक क्याप्सन
एजेन्सी। आफ्नो शानदार अभिनय र सुन्दर रुपका कारण सधैं चर्चामा रहने बलिउड अभिनेत्री कियरा आडवाणीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा निकै सुन्दर थ्रोब्याक फोटो शेयर गरेकी छिन्। फोटोसँगै कियाराले प्रेरणात्मक क्याप्सन ‘तिमी पानीको लहरलाई रोक्न सक्दैनौ, तर तैरिन सिक्न सक्छौ’, लेखेकी छिन्। पानीमा जलपरीजस्तै देखिएकी कियराको यस फोटोले सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ।
प्रतिक्रिया दिनुहोस्
