सुशान्त मृत्यु प्रकरण : प्रहरीले बोलायो कुक र हाउस हेल्परलाई
एजेन्सी।बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको एकवर्ष हुनै लाग्दा पनि मृत्युको खास कारण पत्ता लागेको छैन। सोही प्रकरणमा भारतको नारकोटिक्स ब्युरोले सुशान्तको घरमा काम गर्ने कुक र हाउस हेल्परलाई सोधपुछका लागि बोलाएको छ। ब्युरोले केही अघिमात्रै सुशान्तको फ्ल्याटमेट सिद्धार्थ पठानीलाई लागुऔषधको केशमा पक्राउ गरेको थियो। एक रिर्पोटअनुसार सुशान्तले नशालु पदार्थ सेवन गर्ने खुलासा सबैभन्दा पहिले कुकले नै गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
