कवि पिता हरिवंशको पाण्डुलिपि नपाउँदा चिन्तित अमिताभ बच्चन
एजेन्सी। बलिउडका प्रख्यात कलाकार अमिताभ बच्चनले आफ्नो पिता कवि हरिवंश राय बच्चनको कयौं पाण्डुलिपि नपाएको भन्दै हालै एक ब्लग लेखे। उनले लेखेका छन्, ‘मलाई असाध्यै रिस उठिरहेको छ...उनका सबै पाण्डुलिपि अहिलेसम्म पाउन सकिरहेको छैन, किनकि घरको बनावटमा केही परिवर्तन गरिएको छ। पिताजीको अटोबायोग्राफीमा थुप्रै कविताको रेफरेन्स दिइएको थियो। तर अब ती पाण्डुलिपि कहाँ छ? थाहा छैन।’
प्रतिक्रिया दिनुहोस्
