अक्षय कुमारको आउदो फिल्म 'पृथ्विराज'को टाइटलप्रति करणी सेनाको आपत्ति
एजेन्सी।बलिउड अभिनेता अक्षय कुमारको आउदो फिल्म 'पृथ्विराज' को टाइटललाई लिएर भारतको धार्मीक युवा संगठन 'करणी सेना'ले आपत्ति जनाएको छ।करणी सेनाले फिल्म निर्माताहरुलाई फिल्मको टाइटल बदल्न र अन्य केही सर्तहरु पनि राखेका छन्।यसको साथै उनीहरुले आफ्नो सल्लाह नमाने फिल्मले परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन्।यो फिल्म, भारतको एक महान राजाको बारेमा रहेकाले यसको नाम 'पृथ्विराज' मात्र राख्न नहुने उनीहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्
