घुडाले टेकेर आफ्नो समर्थकको हात चुमेको कार्तिक आर्यनको भिडियो भाइरल
एजेन्सी। बलिउड अभिनेता कार्तिक आर्यनले सामाजिक सञ्जालमा आफ्नो प्रशंसकसँग कुराकानी गरिरहेको भिडियो शेयर गरेका छन्। इन्स्टाग्राममा पोष्ट गरिएको यस भिडियोमा एक पटक कार्तिक आफ्नो घुडामा झुकेर समर्थकलाई सरप्राइज दिन्छन्। कार्तिकको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। एक कार्यक्रममा एक महिला समर्थकले घुडाले टेकेर प्रपोज गर्दा कार्तिक आफैले पनि घुडाले टेकेर उक्त महिलाको हात चुम्छन् र उनलाई अंगालो हाल्छन्।
प्रतिक्रिया दिनुहोस्
