कामको अफर कम आउन थालेपछि काजल अग्रवालले घटाइन पारिश्रमिक
एजेन्सी। विवाहपछि कामको अफर कम आउन थालेपछि दक्षिण भारतकी चर्चित अभिनेत्री काजल अग्रवालले आफ्नो पारिश्रमिक घटाएकी छिन्। एक रिर्पोटअनुसार विवाहपछि कामको अफर निकै कम आउन थालेपछि राम्रो प्रोजेक्टमा जोडिन काजलले आफ्नो पारिश्रमिक घटाउने निर्णय गरेकी हुन्। काजल दक्षिण भारतका मेगास्टार चिरन्जिवीको नयाँ फिल्म ‘आचार्या’ को मुख्य भूमिकामा देखिँदैछिन्। काजल ३० अक्टोबर, २०२० मा गौतम किच्लुसँग विवाह बन्धनमा बाँधिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्
