क्यान्सरपीडित ३ हजार बालबालिकालाई खाना खुवाउदै विवेक ओबरोय एजेन्सी।बलिउड अभिनेता विवेक ओबरोय क्यान्सरपीडित बच्चाहरुको सहयोगका लागि अघि आएका छन्।ओबरोयले सामाजिक सञ्जालमा एक फोटो शेयर गर्दै क्यान्सरसँग जुधिरहेका ३ हजार बच्चाहरुसम्म खाना पुर्‍याउने बताएका छन्।उनले आउँदो तीन महिनामा अझ धेरै क्यान्सरपीडित बच्चाहरुलाई सहयोग गर्ने उल्लेख गरेका छन्।भिडियोमा उनले कसैले एक हजार रुपैयाँ सहयोग गरे त्यसबाट क्यान्सरसँग लडिरहेको बच्चाले एक महिना खाना पाउने भन्दै सबैलाई सहयोगका लागि अपिल गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्