‘हिरोपन्ती २’मा नवाजुद्दिन खलपात्रका रूपमा देखिन सक्ने
एजेन्सी। अभिनेता नवाजुद्दिन सिद्दीकी टाइगर श्राफको फिल्म ‘हिरोपन्ती’को सीक्वेल ‘हिरोपन्ती २’मा भिलेनको रूपमा देखिन सक्ने एक रिपोर्टले खुलाएको छ। फिल्मफेयरको एक रिपोर्टअनुसार ‘हिरोपन्ती २’मा नवाजुद्दिनलाई भिलेनको रूपमा चुनिएको हो। नवाजुद्दिनले यसअघि ‘मुन्ना माइकल’मा टाइगर श्राफसँग काम गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
