चलचित्र क्षेत्रका लागि स्टोरी बैंक स्थापना गरिने
काठमाडौँ। नेपाल सरकारले चलचित्र क्षेत्रका लागि स्टोरी बैंकको अवधारणा अगाडि बढाउने भएको छ। आज अध्यादेशमार्फत् ल्याइएको बजेटको पाठ गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी दिएका हुन्। चलचित्र क्षेत्रका लागि आवश्यक कथा सामग्रीका लागि यस स्टोरी बैंकले सहयोग गर्ने भएकोले यसका पक्षमा चलचित्रकर्मीहरूले लामो समयदेखि आवाज उठाइरहेका थिए।
प्रतिक्रिया दिनुहोस्
