आफूले पनि कास्टिंग काउचको सामना गर्नुपरेको किश्वर मर्चेन्टको खुलासा एजेन्सी। इन्डियन टेलिभिजन अभिनेत्री किश्वर मर्चेन्टले आफूले पनि कास्टिंग काउचको सामना गरेको खुलासा गरेकी छिन्। मर्चेन्टले एक भारतीय मनोरञ्जन वेबसाइटलाई दिएको अन्तर्वार्तामा यसबारेमा कुरा गरेकी हुन्। कास्टिंग काउचको बारेमा सोधिएको प्रश्नमा मर्चेन्टले आफूले पनि यसको सामना गरिसकेको र आफूलाई एक अभिनेतासँग रात बिताउन भनिएको खुलाएकी हुन्। मर्चेन्टले अन्तर्वार्तामा उक्त अभिनेता र निर्माता दुबै चर्चित नाम भएको बताइन्।
प्रतिक्रिया दिनुहोस्