बलिउड फिल्म निर्माता रेयान स्टीफनको निधन
एजेन्सी। बलिउड फिल्म निर्माता तथा निर्देशक रेयान स्टीफनको निधन भएको छ। रेयान हालै कोरोना संक्रमित भएका थिए। रेयानको निधनबारेको जानकारी वेब सीरिज ‘द फ्यामिलि म्यान’का लेखक तथा निर्माता सुपर्ण एस वर्माले ट्विटमार्फत दिएका हुन्। रेयानले हालै रिलिज भएको कियार आडवानीको फिल्म ‘इन्दु की जवानी’ र काजोल, श्रृति हसन, र नेहा धुपाको शर्टफिल्म ‘देवी’को कारण चर्चामा रहेका थिए।
प्रतिक्रिया दिनुहोस्
