कानमा ॐ अंकित झुम्का लगाएपछि किम कार्दशियनको विरोध एजेन्सी। अमेरिकी टेलिभिजन रियालिटी स्टार किम कार्दशियन सामाजिक सञ्जालमा सधैं चर्चामा रहने गछिन्। हालैमात्र सामाजिक सञ्जालमा एक फोटो शेयर गरेकी कार्दशियन उक्त फोटोकै कारण फेरि एकपटक चर्चाको विषय बनेकी छिन्। कार्दशियनले शेयर गरेको फोटोमा उनले कानमा हिन्दु धर्मको पवित्र चिन्ह ॐ लेखेको झुम्का लगाएका छिन्, जसको कारण उनका केही मानिसहरुले उनले हिन्दु धर्मको आस्थामाथि ठेश पुर्‍याएको भन्दै विरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्