अमिताभ बच्चनले मुम्बईमा किने आलिशान अपार्टमेन्ट
एजेन्सी। बलिउड महानायक अमिताभ बच्चनले मुम्बईमा एक आलिशान अपार्टमेन्ट खरिद गरेका छन्। बलिउडका सबैभन्दा धनी अभिनेताहरुमध्ये पर्ने बच्चनले मुम्बईको अंधेरीमा एक आलिशान अपार्टमेन्ट आफ्नो नाममा खरिद गरेका छन्। रिर्पोटअनुसार बच्चनले उक्त डुप्लेक्स अपार्टमेन्टको लागि ३१ करोड भारु बुझाएका छन्। बच्चनको यस डुप्लेक्स लक्जरी अपार्टमेन्ट ५,१८४ बर्गफिटमा फैलिएको र यसमा ६ कारहरु पार्क गर्न मिल्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्
