जुलाई २१ देखि पुनः सुरु हुँदै ‘द कपिल शर्मा शो’ एजेन्सी। गत फरवरीदेखि बन्द भएको भारतको चर्चित मनोरञ्जन शो ‘द कपिल शर्मा शो’ जुलाईदेखि एक नयाँ रुपरंगसहित सुरु हुने भएको छ। गत फेब्रुवरी एकमा शोका मुख्य कलाकार कपिल शर्मा पिता बनेपछि परिवारलाई समय दिनको लागि उनले शोबाट बे्रक लिएका थिए। खबरअनुसार शो २१ जुलाईदेखि पुनः सुरु हुँदैछ र यसको शूटिङ जुलाईको पहिलो हप्तादेखि सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस्